Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सीसीटीभी क्यामरा तोडफोड गर्ने दुई जना पक्राउ, एक फरार

जाजरकोट । सीसीटीभी क्यामरा तोडफोड गर्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

भेरी नगरपालिका वडा नम्बर ४ का सुदीप खड्का र मदनराज शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

भेरी नगरपालिका ४ रानागाउँस्थित सार्वजनिक बाटोमा राखिएको सीसीटीभी क्यामरा तोडफोड गरेर भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तोडफोडमा संलग्न कुशे २ का भरत बुढा फरार रहेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले सात दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ ।

फरार रहेका बुढाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077