Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।

गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । उनीलाई मोटरलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ ।

खान केही समययता तत्काल निर्वाचनको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । उनीसँगै र्‍यालीमा सहभागी केही घाइते भएको बताइएको छ ।

गोली लागी घाइते भएका खानलाई उपचारका लागि अस्पताल लगिएको छ । गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077