Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कार्टुन बक्समा सुनको लेपन गरी तस्करी, विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । कागजको कार्टुन बक्समा सुनको लेपन लगाएर तस्करी गरेको आरोपमा भारतीय नागरिक पक्राउ पक्राउ परेका छन् ।

दुबईबाट नेपाल एयरलाइन्सको विमानमार्फत कात्तिक ८ गते काठमाडौं आएका ३९ वर्षीय भारतीय नागरिक मोहम्मद कसिम पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनलाई पक्राउ गरेको हो । उनी पक्राउ परेको घटनाबारे बिहीबार मात्रै कार्यालयले सार्वजनिक गरेको हो।

उनले बोकेको कार्टुन बक्समा शंका लागेर च्याती हर्दा कागजको पत्रभित्र सुनको लेपन गरिएको फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उक्त कार्टुनको तौल २ किलो ३५० ग्राम थियो । यस्तै कसिमले मलद्वारमा पनि सुन लुकाएर ल्याएका थिए । उनलाई शौच गराउँदा थप सुन बरामद भएको प्रहरीले जनाएको छ।

उनले सुनलाई अर्धठोस बनाएर दुई वटा पोका लुकाएर ल्याएका थिए । उक्त धातुको तौल ३३१ ग्राम रहेको प्रहरीले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले धातुको परीक्षण गर्दा कार्टुनलाई गलाएपछि सुनको तौल ४२९.८२० ग्राम र दुई वटा पोकालाई गलाएपछि सुनको तौल २५०.८५० ग्राम भएको छ ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनीबाट जम्मा सुन ६८०.६७० ग्राम बरामद भएको हो । उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077