Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जोरपाटी र नारायणटार क्षेत्रमा लुटपाट गर्ने समूहका ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको जोरपाटी र नारायणटार क्षेत्रमा लुटपाट गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका २५ वर्षीय दीर्घ लामा, २४ वर्षीय बाबु तामाङ र २९ वर्षका जिमी लामा छन् ।

कात्तिक १५ मा गोकर्णेश्वर नगरपालिका–८ स्थित प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर–३ का स्वतन्त्र उम्मेदवार साजेश विष्टको घर चोरी भएको थियो ।

विष्टको घरबाट १० लाख नगद र ७ तोला सुन चोरी भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । सो चोरीमा संलग्न ३ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

सो समूहले कार्तिक ८ मा सुन पसल बन्द गरेर घर फर्किंदै गरेकी ५४ वर्षीया सारदा तिरुवाको झोला र तिलहरी पनि लुटेका थिए ।

मोटरसाइकलमा सवार उनीहरुले सुनको झुक्का, तिलहरी र नगद १५ हजार लुटेर भागेको प्र्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सो समूहले ३ वर्षअघि ग्रिनहिल सिटीस्थित मन्दिरा सापकोटाको घर फोडेर लुटपाट गरेको पनि प्रहरी वृत्त बौद्धले जनाएको छ ।

आरोपीहरुको साथबाट प्रहरीले चोरी र डकैतीमा प्रयोग गरिएको प्रदेश–३–०२–०१४ प ७०१५ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077