काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियान गोरखाको पालुङटारबाट सुरु गर्ने भएको छ ।
शनिबारदेखि सुरु गरिने चुनावी अभियानलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्नेछन् ।
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएको क्षेत्र गोरखा २ बाट राप्रपाले चुनावी अभियान गर्न लागेको हो।
गोरखा २ मा राप्रपाबाट सुशील पन्त प्रतिनिधिसभातर्फ उम्मेदवार छन्।
लिङ्देन झापा ३ बाट नेकपा एमालेको समर्थनमा प्रतिनिधि सभातर्फ राप्रपाबाट उम्मेदवार छन्। २०७४ को चुनाव पनि लिङ्देनले यही क्षेत्रबाट जितेका थिए।