Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रचण्ड भन्छन्– निर्वाचनपछि म प्रधानमन्त्री बन्ने सम्भावना छ

गोरखा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने आकांक्षा राखेका छन् ।

गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी जनभेलालाइ सम्बोधन गर्दै उनले आगामी सरकारको नेतृत्व गर्ने सम्भावना रहेको दावी गरे ।

प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री र आफू देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको प्रचण्डको भनाइ छ ।

“सुरेन्द्रराज पाण्डेजी खाली प्रदेशसभाको सदस्य मात्रै होइन, उहाँ यहाँबाट जितेपछि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पूरै सम्भावना छ,” उनले भने, “फणिन्द्र देवकोटा एउटा युवाको रूपमा प्रदेशको मन्त्री हुने सम्भावना पनि त्यतिकै छ । मलाई सुरेन्द्रजीहरूले भन्ने गरेको यो निर्वाचनपछि देशको नेतृत्व लिने सम्भावना छ ।”

प्रचण्ड गोरखा २ का प्रतिनिधि सभाका उम्मेदवारर हुन् भने, प्रदेशसभा सदस्यतर्फ ९१ मा नेसपाका नेता फणिन्द्र देवकोटा र (२) मा कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे चुनावी मैदानमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077