Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विद्यार्थीसँग आचारसंहिता विपरीत चुनावी छलफल गरेपछि कोमल वली विवादमा

काठमाडौं । चुनावी अभियानका बेला विद्यार्थीहरूसँग छलफल गरेका फोटो सार्वजनिक भएसँगै कोमल वली विवादमा परेकी छन् ।

उनी दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट प्रतिनिधि सभा उम्मेदवार हुन् ।

गत कात्तिक १५ गते बबई गाउँपालिका वडा नम्बर १ गंगटेको सरस्वती जनता माविमा वलीले विद्यार्थीहरूसँग छलफल गरेकी थिइन्।

चुनावका बेला विद्यार्थीहरूसँग छलफल गरेपछि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आलोचना भइरहेको छ।

वलीले भने विद्यालयको आग्रहअनुसार आफू गएको दाबी गरेकी छन्।

विद्यालय श्रोतका अनुसार उम्मेदवार वली र बस्नेतले विद्यार्थीलाई चुनावी प्रचार सामाग्रीसमेत बाँडेका थिए ।

सुरुमा विद्यार्थीसँगको उक्त फोटो कोमल वलीको सचिवालयले नै फेसबुकमा सार्वजनिक गरेको थियो । तर केही समयपछि उक्त फोटो हटाएको थियो ।

निर्वाचन आचारसंहिताले भने चुनावी भेला र प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गर्न रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077