गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई अत्यधिक बहुमतले बिजयी गराएर नयाँ कीर्तिमान कायम गर्न गोरखाका मतदातलाई आग्रह गरेका छन् ।
शुक्रवार गोरखा नगरपालिका-१२ रानीटारमा आयोजित गठबन्धन दलहरुको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले यस पटकको चुनाव जित्नु भन्दा पनि अत्यधिक बहुमतको जित्नु महत्वपूर्ण रहेको बताए ।
उनले भने, ‘यसरी सोच्नु सही हुँदैन, जित्ने कुराभन्दा पनि गोरखामा एउटा नयाँ रेकर्ड बनाउने कुरा महत्वपूर्ण छ, अत्यधिक बहुमतले जित्ने भन्ने कुरा महत्वपूर्ण छ ।’
अधिकतम मत खसाएर अत्यधिक बहुमतबाट विजयी गराएर गोरखाले कीर्तिमान बनाए मात्र गोरखामा विकासको महाअभियान सुरु गर्न सकिने उनले बताए ।
मतदानमा हुने त्रुटी रोक्न टोलटोल र घरघरमा मतदानको प्रक्रिया सिकाउनुपर्ने बताए ।