Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली चलचित्र 'लाखे'सहित बलिउड फिल्म 'राम सेतु' र 'फोन भूत' हलमा

काठमाडौं । शुक्रबारदेखि एक नेपाली सहित दुई फिल्मले प्रदर्शन थालेका छन्।

सम्राट बस्नेतको निर्देशनमा बनेको लाखे र गुरमित सिंहको निर्देशनमा बनेको बलिउड फिल्म फोन भूत शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आएका हुन्।

मल्टिस्टारर लाखे एक्सन क्राइम सस्पेन्स जनराको फिल्म हो। सौगात मल्ल, अर्पण थापा, वर्षा राउत, अनुप विक्रम शाही, प्रशान्त ताम्राकार, आर्यन अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले मल्टिप्लेक्समा २० प्रतिशतसम्मको शो पाएको छ।

जसमा शुक्रबार बिहानीको शोमा दर्शकको उपस्थिति औसत देखिएको छ।

कमेडी हरर जनरामा बनेको फिल्म ‘फोन भूत’ मा कट्रीना कैफ, सिद्धान्त चतुर्वेदी, इशान खट्टर, ज्याकी श्राफ, निधि विष्ट, मनुज शर्मालगायत कलाकारको अभिनय छ। यो फिल्मलाई गुरमीत सिंहले निर्देशन गरेका हुन्।

आजदेखि प्रदर्शनमा आएको बलिउड फिल्म 'राम सेतु' मा अक्षय कुमारको मुख्य भूमिका रहेको छ । राम सेतुमा अक्षयसँगै ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको अभिनय रहेको छ । अभिषेक शर्माको निर्देशनमा बनेको यस फिल्मलाई चन्द्रप्रकाश द्विवेदीले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077