Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डा. तोसिमाको अन्तरिम आदेश खारेज माग गर्दै निर्वाचन आयोग पुग्यो सर्वोच्च

काठमाडौं । निर्वाचन आयोगले लाभको पदका सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा असहमति जनाउँदै त्यसको खारेजीको माग राखी निवेदन दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ कि उम्मेदवार डा.तोसिमा कार्कीको मनोनयन कायम राख्ने सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल इजलासको अन्तरिम आदेशमा आयोगले असहमति प्रकट गरेको हो ।

निवेदनमा निर्वाचन आयोगले यसअघि जारी भएको अन्तरिम आदेश बदर गर्दै यसअघि आयोगबाट खारेज गर्ने निर्णय सदर हुनुपर्ने जिकिर गरिएको छ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले निर्वाचन आयोगवाट भ्याकेटको निवेदन आएको तर ढिलो आएकाले शुक्रबार दर्ता गर्न नभ्याएकाले आइतबारमात्र दर्ता हुने बताए।

आइतबार दर्ता भएमा उक्त निवेदनको सोमबारमात्र पेशी चढ्ने छ।

कात्तिक १५ गते सर्वोच्चले तोसिमाको उम्मेदवारी खारेजी गर्ने निर्णय मुद्दाको किनारा नलागेसम्म कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो।

सर्वोच्चको उक्त आदेशपछि तोसिमाको उम्मेदवारी कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077