Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्धार

स्याङजा । राम्दी पुलबाट कालीगण्डकी नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

स्याङजा जिल्लाको गल्याङ्ग नगरपालिका १ स्थित राम्दी पुलबाट नदीमा ३७ वर्षीय ईश्वर दर्जी हाम फालेका थिए । जिल्लाको भिरकोट नगरपालिका १ बयरघारी बस्ने दर्जीलाई शुक्रबार सकुशल उद्धार गरेको हो ।

सो घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म स्याङजाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अर्जुन चन्दको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।

उद्धारपश्चात उनलाई प्रहरी चौकी राम्दीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077