Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आफूलाई मार्ने षड्यन्त्र गरिएको इमरानको खुलासा, भन्छन् - खुट्टामा चार गोली लागेका छन्

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

बिहीबार गोली प्रहारबाट घाइते भएका खानले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफूलाई मार्ने षड्यन्त्र गरिएको खुलासा गरेका हुन् ।

आफूलाई मार्ने योजना बनाइकोबारे पहिले नै थाहा भएको समेत उनको भनाई छ ।

उनले आफूलाई बाहिर नजान सल्लाह दिइएको पनि बताए । साथै उनले आफूलाई चारवटा गोली लागेको पनि बताएका छन् । प्रत्येक खुट्टामा दुई–दुई गोली लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077