Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीलक्षित बाबुरामको टिप्पणी - भौगोलिक अखण्डताको मुद्दा सबै दलको निर्विवाद मुद्दा हो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको भौगोलिक अखण्डताको मुद्दा सबै नागरिक र दलको निर्विवाद मुद्दा हुनुपर्ने बताएका छन् ।

शुक्रबार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले चुच्चे नक्सा समेटिएको दार्चुलामा पुगेर गठबन्धनलाई लम्पसारवादी र कालापानीको क पनि उच्चारण गर्न नसक्ने भनी टिप्पणी गरेको सन्दर्भमा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै चुनावी स्वार्थका लागि भौगोलिक अखण्डताको मुद्दा उछाल्नु फासिवादको यात्रा हुने टिप्पणी गरे ।

डा. भट्टराईले ट्वीटमार्फत ओलीको नाम नलिई देशको भौगोलिक अखण्डताको मुद्दालाई कुनै दल विशेष वा व्यक्ति विशेषको मुद्दा बनाउन नहुने बताए । उनले नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सनसमेत चेतावनी दिए ।

'देशको भौगोलिक अखण्डताको मुद्दा कुनै दल वा व्यक्ति विशेषको नभएर सबै नागरिक र दलको निर्विवाद मुद्दा हो र हुनुपर्छ ! यदि कसैले चुनावी स्वार्थकालागि त्यसलाई उछाल्छ भने बुझ्नुपर्छ दालमा कालो छ ! नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सौं,'उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077