Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विद्यार्थीसँग भोट मागेपछि कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    विद्यार्थीसँग भोट मागेपछि कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 963
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) दाङ निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार कोमल वलीलाई चुनाव प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

    शुक्रबार वलीले विद्यार्थीसँग भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।



    आयोगले सोधेको स्पष्टीकरणमा किन विद्यार्थीसँग भोट मागिएको हो ? यसरी भोट माग्न कुन ऐनले सुविधा दिन्छ ? भन्ने प्रश्न गरिएको छ।



    उनलाई आफैँ वा आफ्नो प्रतिनिधिमार्फत २४ घण्टाभित्र आयोगको कार्यालय वा आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । चुनाव प्रचारप्रसारका क्रममा एमाले उम्मेदवार वलीले बालबालिकाको प्रयोग गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार