Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको बस त्रिशुली किनारमा खस्यो

काठमाडौं । काठमाडौंबाट रूकुम जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० हुग्दीखोला नजिक दुर्घटना भएको छ ।

शनिबार राति सवा ६ बजे बा ४ ख ५७९० नम्बरको बस त्रिशुली किनारमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बस २०० मिटर तल खसेको छ । दुर्घटना हुँदा चालकसहित १६ जना घाइते छन्।

उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ । घाइतेको उद्धार भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077