Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकाले उडायो कोरियाली आकाशमा सुपरसोनिक बमवर्षक विमान

    अमेरिकाले उडायो कोरियाली आकाशमा सुपरसोनिक बमवर्षक विमान

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 861
    SHARES

    एजेन्सी । अमेरिकाले दक्षिण कोरियाको आकाशमा सुपरसोनिक बमवर्षक विमान उडाएको छ ।

    यो साता शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा तनाव सृजना गरेको उत्तर कोरियालाई चेतावनीस्वरुप अमेरिकाले बमवर्षक विमान उडाएको हो ।



    दक्षिण कोरियासँगको संयुक्त हवाई अभ्यासको अन्तिम दिन आज उत्तर कोरियालाई आफ्नो शक्ति देखाउन अमेरिकाले सुपरसोनिक बमवर्षक विमान पनि अभ्यासमा समावेश गरेको दक्षिण कोरियाले जनाएको छ ।



    वायुसेनाको संयुक्त अभ्यासमा बमबर्षक विमान पनि समावेश रहेको दक्षिण कोरियाली रक्षामन्त्रालयले पुष्टि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार