Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता राहुल गान्धीविरुद्ध उजुरी

एजेन्सी । भारतीय कांग्रेसको भारत जोडो यात्रामा फिल्म ‘केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै कांग्रेस नेता राहुल गान्धीविरुद्ध उजुरी परेको छ ।

कन्नड फिल्म ‘केजीएफ–२’ को संगीत बिना अनुमति प्रयोग गरेको आरोपमा राहुल गान्धीविरुद्ध उजुरी दर्ता भउको हो । राहुल गान्धीबाहेक कांग्रेस नेता जयराम रमेश र सुप्रिया श्रीनेटविरुद्ध पनि उजुरी परेको छ ।

यो उजुरी शुक्रबार बैंगलोरको यशवंतपुर पुलिस स्टेशनमा प्रतिलिपि अधिकार कानुनअन्तर्गत गरिएको हो । एमआरटी म्युजिकको व्यवस्थापन सम्हाल्ने एम नवीन कुमारले उजुरी दर्ता गरेका हुन् ।

राहुल गान्धी अहिले आफ्नो १५० दिनको ‘भारत जोडो यात्रा’ मा छन् । उनको यो यात्रा दक्षिण भारतबाट सुरु भएर कश्मीरसम्म जानेछ । यस भ्रमणबाट कांग्रेसले आफ्नो राजनीतिक जग बलियो हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077