Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

जुवा तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं । जुवा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जना छन् ।

उनीहरूलाई काठमाडौं महानगरपालिका-६ नयाँबजार गीताञ्जली चोक बस्ने राजेश श्रेष्ठको घरबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठको घरमा जुवा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ४२ हजार रूपैयाँ, कौडा १६ वटा र मोबाइल ११ वटासहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077