Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुलाकाे शैल्यशिखर धाम मालिकार्जुनमा पूजन जात्रा

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । राष्ट्रको सातौं धामको रुपमा परिचित मालिकार्जुन धाममा जात्रा मनाउन सार्वजनिक बिदा दिइएको हो ।

दार्चुला जिल्लाको शैल्यशिखर धाम तथा शिखर धुरामा आइतबार पूजन जात्रा लागेको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशी र कात्तिक शुक्ल त्रयोदशीमा शिखर पूजन जात्रा लाग्ने गर्दछ ।

कार्तिक शुक्ल त्रयोदशीमा पूजन जात्रा यसपाली पनि कार्तिक २० आज बिहानदेखि सुरु भएको हो ।

आज र भोलि मालिकार्जुन धाममा जात्रा लाग्ने भएकाले नगरपालिका र गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

मालिकार्जुन धाममा कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मेला लाग्ने गर्दछ । सो मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् ।

शैल्य मालिकार्जुनको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077