Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गोली लागेर घाइते पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान अस्पतालबाट ‘डिस्चार्ज’

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने प्रयास असफल हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए ।

गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक सङ्कट थप चुलिएको छ।

पूर्व सूचनामन्त्री फवाद चौधरीले खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गरे। आक्रमणमा संलग्न भएको आरोपमा एक व्यक्ति हिरासतमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077