Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

समाचार हटाउन दिएको निर्देशन निर्वाचन आयोगले लियो फिर्ता

काठमाडौं । निर्वाचन आयोगले समाचार हटाउनका लागि सेतोपाटी अनलाईनलाई दिएको निर्देशन फिर्ता लिएको छ ।

आइतबार बेलुकी विज्ञप्ति जारी गरी आयोगले आफ्नो आमसञ्चार नीति र मान्यताभन्दा फरक हुने गरी प्राविधिक कारणवश सेतोपाटीलाई पत्र गएको भन्दै उक्त पत्र फिर्ता लिएको हो ।

सेतोपाटीले गत शुक्रबार ‘अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता पनि कायमै’ भन्ने समाचार छापेको थियो । सोही समाचारलाई लिएर आयोगले सेतोपाटीलाई २४ घण्टाभित्र समाचार हटाएर स्पष्टीकरण दिन शनिबार दिउँसो पत्र काटेको थियो ।

'...आयोगको आमसञ्चार माध्यमप्रतिको नीति र मान्यताभन्दा फरक हुने गरी यहाँ प्रधानसम्पादक रहेको सञ्चारमाध्यम (सेतोपाटी) बाट प्रकाशित समाचारको विषयलाई लिएर प्राविधिक कारणले यहाँलाई प्रेषित हुन गएको स्पष्ट गर्ने विषयको पत्र यसै पत्रमार्फत फिर्ता लिइएको बेहोरा आदेशानुसार सादर अनुरोध छ,' आयोगको विज्ञप्तिमा भनिएको छ ।

तर निर्वाचन आयोग पछि हटे पनि प्रेस काउन्सिल नेपालले उम्मेदवारलाई नकारात्मक प्रभाव पार्ने समाचार सम्प्रेषण गरेको भन्दै त्यसको कारण २४ घण्टाभित्र पेस गर्न सेतोपाटी अनलाईनलाई पत्र पठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077