Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दिगो विकासका लागि एमालेले चुनाव जित्नु पर्छ : पूर्ण बहादुर गुरुङ

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ 'ख'का नेकपा एमाले प्रदेशसभा उम्मेदवार पूर्ण बहादुर गुरुङले दिगो विकासका लागि सम्पूर्ण देवघाटवासीहरूले सूर्य चिन्हमा मतदान गर्नु पर्ने बताएका छन् ।

राष्ट्रिय युवा संघ र अखिल नेपाल महिला संघ देवघाटको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताएका हुन् ।

गुरुङले देवघाट गाउँपालिकाको दिगो विकासको निम्ति सम्पूर्ण देवघाटवासीहरूलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

उनले आफू निर्वाचित भएपछि स्वास्थ्य,शिक्षा,खानेपानी, पर्यटन बाटोघाटो र विकास निर्माणको कामलाई पहिलो प्राथमिकता दिई देवघाटको मुहार फेर्ने बताए ।

एमाले अहिले आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानमा एकजुट भएर अघि बढेको र आफ्नो गाउँ, ठाउँ बनाउनका लागि ढुक्कका साथ सूर्य चिन्हमा भोट हाल्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077