Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावपछि सत्ता गठबन्धन छिन्नभिन्न हुन्छ : रायमाझी

अर्घाखाँची । एमाले केन्द्रीय सचिव एवं अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य उम्मेदवार टोपबहादुर रायमाझीले चुनावपछि गठबन्धनका दलहरु छिन्नभिन्न भएर सकिने बताएका छन् ।

रायमाझीले सोमबार पत्रकारहरु सँग कुराकानि गर्दै यस्तो बताएका हुन् ।  उनले भने , ‘गठबन्धन कुनै विचारमा आधारित भएर बनेकै थिएन, ककटेल विचार छन्, उनीहरूबीचमै शक्ति सन्तुलन

मिलाउन समस्या छ, आपसी द्वन्द्वले उनीहरू विभाजित हुनेछन्, त्यहाँ रहेका दलहरू टुक्राटुक्रा हुने प्रष्ट सिनारियो देखिएको छ ।’

उनले सरकारमा रहेका पार्टी विपक्षी दलविरुद्ध गठबन्धन गरेर जानु आफैँमा पराजित मानसिकता रहेको बताए । उनले गठबन्धनको अस्तित्त्व नै संकटमा रहेको बताए ।

चुनावपछि मुलुकमा दुई ध्रुवको राजनीतिक वातावरण बन्ने उनको दाबी छ । पुँजीवादको नेतृत्व कांग्रेसले गर्ने र समाजवादीको नेतृत्व एमालेले गर्ने उनले बताए । एमाले नेतृत्वको सरकारले देशको विकास गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077