Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डा. तोसिमा कार्की विरुद्धको भ्याकेट २२ नम्बरमा पेसी

काठमाडौं । निर्वाचन आयोगले तोसिमा कार्की विरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश विरुद्धको भ्याकेट (पुनरावलोकन निवेदन) को निवेदनलाई पेसी तोकिएको छ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो।

गोला प्रथाद्वारा तोकिएको पेसीको २२औं नम्बरमा मुद्दा तोकिएको छ। मुद्दाको पेसी अन्तिममा तोकिएकाले सुनुवाइको पालो आउने सम्भवना न्यून रहेको देखिन्छ।

सर्वोच्च अदालतले ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश कात्तिक १५ गते जारी गरेको थियो।

न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चले आफ्नो निर्णय कार्यान्वयनमा रोक लगाएपछि आयोग शुक्रबार भ्याकेटको निवेदनसहित सर्वोच्च पुगेको थियो। आइतबार दर्ता भएको उक्त भ्याकेटको निवेदन पहिलो सुनुवाइका लागि पेसी तोकिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077