Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ज्यान मार्ने उद्योग मुद्दामा फरार देवकोटा पक्राउ

बर्दिया । ज्यान मार्ने उद्योग र कुटपिट मुद्दामा कैद र जरिवानाको सजाय तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका-१ बस्ने रुपलाल देवकोटा छन् ।

२०७३ असोजमा बर्दिया जिल्ला अदालतले उनलाई १ वर्ष ११ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो ।

फैसला पछि फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिवादीलाई अदालतको आदेशले कारागार कार्यालय बर्दियामा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077