Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र ‘महापुरुष’ को १० दिनको कमाइ साढे ६ करोड

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ ।

प्रदर्शनको १० दिनसम्म फिल्मले साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माताले जानकारी दिएका छन् ।

दोस्रो सप्ताहन्तमा समेत फिल्मले राम्रो कमाइ गर्न सक्यो । पहिलो साता साढे ५ करोड ग्रस कमाइ गरेको फिल्मले दोस्रो सप्ताहन्तमा आक्रामक अकुपेन्सी लिएको थियो । आइतबार समेत फिल्मले सुखद् अकुपेन्सी हासिल गर्‍यो ।

निर्देशक भट्टराईकै कथा रहेको फिल्मले पत्नी गुमाएपछिका एकल पुरुषको जीवनमा पुनः प्रेमको प्रवेश हुँदाका उतारचढावलाई देखाइएको छ ।

चलचित्रमा महजोडीसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायत कलाकारको अभिनय रहेको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता दिपेश खत्री हुन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077