Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कैलालीमा बसबाट खसेर मालिकको मृत्यु

धनगढी । कैलालीमा बसबाट खसेर मालिकको मृत्यु भएको छ ।

जिल्लाको टीकापुर नगरपालिका-१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका-१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको हो ।

टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरमा यात्रु चढाउने क्रममा ढोकाबाट खसेर देवकोटाको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मृतक देवकोटा खड्गचोकमा यात्रु चढाउन रोक्ने क्रममा बसको ढोकाबाट खसेका थिए ।

ढोकाबाट खसेका उनी पछाडीको चक्कामा च्यापिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । देवकोटाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077