Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरुवा बन्दुकसहित दोलखाका निमपासाङ पक्राउ

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको गौरीशंकर गाउँपालिका-६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पा रहेका छन् ।

उनलाई १ थान भरुवा बन्दुकसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गौरीशंकरबाट खटिएको प्रहरी टोलीले निमपासाङलाई उनकै घरमा लुकीछिपी बसेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077