Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बोहाेरालाई जिताए गृहमन्त्री बनाउने पशुपतिशमशेर राणाकाे आश्वासन

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले वरिष्ठ नेता दिपक बोहाेरालाई जिताए गृहमन्त्री बनाउने आश्वासन दिएका छन्।

भैरहवामा सोमबार आयोजित कार्यक्रममा उनले भने, ‘दिपक बोहोरा विकासका लागि जरुरी छ, यो ठाउँ, यहाँको गाउँले चिनेको व्यक्ति हुन् । उनलाई मत दिनुस् । हामी उहाँलाई गृहमन्त्री बनाएर पठाउँछौं ।’

राणाले बोहोराको जित सुनिश्चित रहेको दाबी गर्दै आफ्नो मत सदुपयोग गर्न पनि आग्रह गरे ।

राणाले रुपन्देही ३ को सवालमा सबै राप्रपाका मतदाताले प्रतिनिधिसभामा हलोमा र प्रदेशमा छाता र सूर्यमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गरे ।

पाँच दलीय गठबन्धनबाट गृहमन्त्री बालकृष्ण खाण रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका छन्। खाणसँग पूर्वमन्त्री तथा बोहोरा प्रतिस्पर्धामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077