Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अध्यक्ष ओली भन्छन् - प्रचण्डका कारण मुलुक अस्थिरतामा धकेलियो

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनादेशको अनादर गरेपछि संसद् विघटन गर्नुपरेको दाबी गरेका छन्।

पोखरामा सोमबार आयोजित बृहत् अगुवा कार्यकर्ता भेलामा बोल्दै ओलीले प्रचण्डले जनादेशको अनादर गरेर आफूहरूको प्रतिबद्धता च्यातेपछि संसद् विघटन गरिएको बताएका हुन् ।

‘माओवादी र हामी मिलेर संयुक्त घोषणापत्र ल्याएका थियौँ । प्रचण्डले त्यसलाई लत्त्याएर च्यातेर जनादेशको अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बन्यो,’ उनले भने ।

अदालतमा पुगेर मुद्दा हालेर सरकार खोस्ने, बनाउने काम गरेर शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले नै संविधान मास्ने काम गरेको उनको आरोप छ ।

यो निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने उनको दाबी छ । अहिले नेपाली कांग्रेस लगायतका पार्टीले गलत चुनावी आँकलन प्रस्तुत गरेको भन्दै भ्रममा नपर्न ओलीको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077