Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

डलर साट्ने बहानामा ठगी गर्न खोज्ने दुई जना पक्राउ

काठमाडौं । डलर साट्ने बहाना पारी ठगी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा गुल्मी ईस्मा गाउँपालिका-६ घर भई हाल काठमाडौँ नयाँ बसपार्क बस्ने ३३ वर्षीय प्रदीप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दीपक कुमाल रहेका छन् ।

ओमनबाट आएका व्यक्ति घर जाने क्रममा काठमाडौं महानगरपालिका २६ नयाँ बसपार्कमा बसको प्रतीक्षा गरिरहेको

अवस्थामा उनीहरूले डलर साट्ने बहाना पारी ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट पैसाको आकारमा रहेको कागजको बिटो तथा नेपाली १२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077