Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु

एजेन्सी । भारत र भुटान सीमाको तामुलपुर नजिक सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।

गुवाहाटीका डिफेन्स पीआरओले घाइते सेनाका जवानहरूलाई आर्मी बेस अस्पतालमा लगिएको जानकारी दिए ।

‘भारत–भुटान सीमामा रहेको तामुलपुर नजिक आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनिकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगिएको छ,’ गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ।

सेनाको गाडी नरेङ्गी आर्मी क्यान्टबाट दुर्घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077