Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपाका उम्मेदवार चढेको गाडी सुर्खेतमा दुर्घटना

सुर्खेत । सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार चढेको गाडी दुर्घटनामा परेको छ ।

चौकुने गाउँपालिका–१ गैलुमा भनसरा चुनावी प्रचारमा जाँदै गरेको भे १ च २८०५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो ।

प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि राप्रपाका उमेदवार भीमबहादुर शाही, सुर्यबहादुर खत्री र कर्णबहादुर रेगामी मगर सवार गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य छ । उकालो सडकका कारण गाडी दुर्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077