Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रेस काउन्सिलले भन्यो - एकपक्षीय समाचार सम्प्रेषण नगर्नू

काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरु एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ।

सोमबार काउन्सिलले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमलाई निर्वाचनको प्रचारप्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका आमसभारभेला जस्ता कार्यक्रम चलिरहेको अवस्थामा यस्ता कार्यक्रमहरूको समाचार एकपक्षीय रूपमा सम्प्रेषण नगर्न भनेको हो।

साथै सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मतआह्वान विज्ञापनहरू प्रकाशन÷प्रसारण गर्दा निर्वाचन आचारसंहिता बमोजिम सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्नेमा समेत ध्यानाकर्षण गरेको छ ।

काउन्सिलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरिएका कतिपय अनुगमन, कारबाही, अपिलजस्ता विषयलाई अन्यथा रूपमा नबुझ्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।

प्रेस काउन्सिल नेपाल स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धनको लागि कटिवद्ध रही आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरिएका कतिपय अनुगमन, कारबाही, अपिलजस्ता विषयलाई अन्यथा रूपमा नबुझ्न र भ्रमपूर्ण तवरले प्रचार–प्रसार नगर्न प्रेस काउन्सिल नेपाल सरोकारवाला पक्षहरूसंग अनुरोध गर्दछ, काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुगमनका क्रममा कतिपय सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मतआह्वान सम्बन्धी विज्ञापनहरू प्रकाशन÷प्रसारण भइरहेको उल्लेख गर्दै तोकिएको आकार, समय र पटकलाई ध्यान दिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077