Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रचण्ड सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण

सल्यान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सवार हेलिकोप्टर सल्यानको खंलगामा आकस्मिक अवतरण भएको छ।

चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम प्रतिकुल भएपछि खलंगामा अवतरण गरिएको हो ।

केही समय खलंगामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको उनको सचिवालयले जनाएको छ।

गोरखाको चुनावी कार्यक्रम सकेर प्रचण्ड कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077