Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय अनुसन्धान केन्द्रलाई गण्डकी सरकारले १० करोड दिने

पोखरा । गण्डकी प्रदेश सरकारले चालू वर्षमा अनुसन्धान र नवप्रवर्तनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड दिने भएको छ ।

चालू वर्षको बजेटमै उक्त रकम विनियोजन गरिएको थियो । त्यसका लागि सरकारले छुट्टै कार्यविधि तयार गरेको छ ।

उक्त कार्यविधि समेत गण्डकी सरकारले केन्द्रलाई हस्तान्तरण गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री माननीय मेखलाल श्रेष्ठले कार्यविधि हस्तान्तरण गरेका हुन् ।

केन्द्रले गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयसँग मिलेर विभिन्न दीर्घकालीन महत्त्वका काममा उक्त बजेट लगानी गर्ने छ ।

विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077