सल्यान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंसिर ४ गते हुने निर्वाचनपछि गठबन्धनको सरकार बन्ने दाबी गरेका छन्।
चुनावी सभालाई सम्बोधन गर्न जुम्ला जान लागेका अध्यक्ष प्रचण्डले मंगलबार बिहान सल्यानमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको प्रधानमन्त्री को बन्ने भन्नेबारे टुंगो लागिनसकेको बताए।
उनले भने, ‘मैले यसअघि प्रधानमन्त्रीको पद छाडेकाले आउने प्रधानमन्त्रीका लागि कुनै विवाद हुने देखिँदैन तर प्रधानमन्त्रीका लागि म नै हुनुपर्छ भन्ने छैन ।’
पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनकै सरकार बन्ने तर प्रधानमन्त्री को बन्ने भन्नेमा टुंगो नलागेको बताए ।