Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चन्द नेतृत्वको नेकपालाई सरकारको मतदानमा सहभागी गराउन फकाउदै सरकार

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेकपासँग वार्ता गरेको छ ।

आगामी मंसिरमा हुने निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको विप्वल समुहलाई मतदानमा सहभागी गराउन द्विपक्षीय वार्ता वार्ता सुरु गरेको हो ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र विप्लव समुहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी भएको जनाईएको छ।

नेपाल सरकार र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग त्यस समूहलाई मूलधारको राजनीतिमा ल्याउन वार्ता भएको गृहमन्त्री बालकृष्ण खाणले बताए।

उनीहरूसँग आफूले आइतबार वार्ता गरेको मन्त्री खाणको भनाइ छ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्नका निम्ति विद्रोहको बाटो समातेका समूहलाई मूलधारमा ल्याउने पहल भइरहेको खाणले बताए।

नेकपाका प्रवक्ता विश्वकर्माले सरकारको सन्देश पार्टीको बैठकमा राख्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077