Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नायब सुब्बाले अवैध रूपमा कमाए १ करोड १० लाख, भ्रष्टाचारको आरोपमा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले बझाङको सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयमा कार्यरत नायव सुव्वा शिवराज उपाध्याय विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बझाङको सुर्मा गाउँपालिकाका तत्कालीन नासु शिवराज उपाध्यायविरुद्ध अख्तियारले १ करोड १० लाख ६७ हजार ७३८ रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।

तत्काल जिल्ला हुलाक कार्यालय बझाङमा कार्यरत रहँदा गैरकानूनी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले उपाध्यायमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनको ब्यय (खर्च तथा लगानी) तर्फ हेर्दा जग्गा खरिदमा, घर निर्माण, अध्ययन खर्च, कर्जाको साँवाब्याज भुक्तानी, बिमाको प्रिमियम भुक्तानी, विद्युतीय उपकरण खरिद, सुन खरिद सवारी साधन खरिद, र बैंक मौज्दातसमेत गरी जम्मा १ करोड ५७ लाख पाँच हजार एक सय ३४ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ ।

स्रोत नखुलेको सम्पत्ति भ्रष्टाचारबाट कमाएको आयोगको दाबी छ । उपाध्यायले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती जयादेवी उपाध्यायको नाममा जग्गा खरिद, घर निर्माण तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चहरुमध्ये स्रोत पुष्टि हुन नसकेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लागत मूल्य वरावरको भागको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ (ख) बमोजिम जयादेवी उपाध्यायलाई प्रतिवादी कायम गरी

आयोगले स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077