Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्वोच्चको आदेश - विश्वकप फुटबल हेर्न थप ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक पाँच सय रूपैयाँ असुल्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

प्रकाशमान सिंह राउतको एकल इजलासले विश्व कपका नाममा थप पाँच सय रुपैयाँ असुल्दा ग्राहकमाथि अपूरणीय क्षति हुनसक्ने भन्दै अतिरिक्त शुल्क लिने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।

केही निजी कम्पनी र सरकारको साँठगाँठमा उपभोक्ता अधिकार विपरीत अतिरिक्त पाँच सय रुपैयाँ असुल्ने निर्णय भएको भन्दै उपभोक्ताहरूको तर्फबाट अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

सर्वोच्चले निवेदकले भनेअनुसार नै शुल्न नलिन अल्पकालीन अन्तरिम आदेश दिँदै कात्तिक २७ गते छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । कतारमा मंसिर ४ गतेदेखि सञ्चालन हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा हुने खेल तालिका सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077