Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेतृत्वको गठबन्धन संविधानलाई भत्काउने र जातीय एकता खल्बलाउने हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (एमाले) नेतृत्वको गठबन्धन देशलाई द्वन्द्वतर्फ धकेल्ने गठबन्धन भएको आरोप लगाएका छन् ।

मंगलबार जेष्ठ नागरिक समाज, काठमाडौं शाखा र धर्महिरा प्रतिष्ठानले आयोजना गरेको संविधानको प्रवद्र्धनमा निर्वाचनको भूमिका विषयक कार्यक्रममा भट्टराईले सो कुरा बताएका हुन् ।

केपी शर्मा ओलीले नेतृत्व गरेको गठबन्धन संविधानलाई भत्काउने, नेपालमा जातीय एकता खल्बलाउने, नेपालको जटिल भूराजनीति भत्काएर देशलाई द्वन्द्वतर्फ धकेल्ने गठबन्धन भएको उनको आरोप छ ।

उनले एमालेको गठबन्धन पश्चगामी र आफूहरुको गठबन्धन अग्रगामी गठबन्धन भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077