Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दिनेश कोइरालासहित कांग्रेसका यी ७४ जना पार्टीबाट निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निकालेको छ ।

बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्कासन गरिएको हो ।

केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय भएको केन्द्रीय अनुशासन समितिले जनाएको छ ।

‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ’, कांग्रेस केन्द्रीय अनुशासन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस् नामावली :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077