Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ईपीएस उत्तीर्ण कोरिया जान सुरु

    ईपीएस उत्तीर्ण कोरिया जान सुरु

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 714
    SHARES

    काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन् ।

    वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरिया प्रवेश गरिसकेका हुन् ।



    तीन सय जना मङ्सिरको पहिलो सातासम्म दक्षिण कोरिया प्रवेश गरिसक्ने शाखाले जनाएको छ ।



    शाखाका अनुसार सन् २०२२ का लागि दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरेका दुई हजार ७४१ जनामा एक हजार २०० जना कोरिया जानेको सूचीमा नाम आइसकेको छ ।

    आउन बाँकी रहेकाको आगामी माघसम्म सूचीमा नाम आइसक्ने शाखाले जानकारी दिएको छ । यस पटक कृषितर्फबाट दक्षिण कोरिया जानका लागि १० हजार २९१ जनाले आवेदन दिएका थिए । शाखाका निर्देशक पुष्पराज कुटुवालले दक्षिण कोरियामा नेपाली श्रमिकले राम्रो छवि बनाएकाले सूचीमा परेका अधिकांश दक्षिण कोरिया जान सक्ने जानकारी दिए।

    कृषि तथा पशुपालनतर्फको पहिलो र दोस्रो चरणमा गरेर दुई हजार ९१२ जना उत्तीर्ण भएका भएकोमा उक्त क्षेत्रका लागि दुई हजार ७४१ जनाको माग रहेको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार