Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

बुधबार दिउँसो भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानहरुमा भने हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077