Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मोरङ ३ मा निर्वाचन नरोकिने, नयाँ मनोनयन प्रक्रिया सुरु

विराटनगर ।  मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) का उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपनि त्यहाँ निर्वाचन नरोकिने भएको छ।

निर्वाचन आयोगले त्यहाँ आजैबाट उम्मेदवार मनोनयन प्रक्रिया अघि बढाउने प्रवक्ता शालिग्राम पौडेलले बताएका छन्।

आयोगका प्रवक्ता पौडेलका अनुसार कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ ।

त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर पर्याप्त समय बाँकी रहेकाले मतदानको मिति भने नफेरिने उनले बताए ।

निमोनियाबाट पीडित थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077