Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डा. तोसिमा कार्कीविरुद्धको भ्याकेट निवेदनमा आज पनि सुनुवाई हुने सम्भावना कम

काठमाडौं । डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्न सर्वोच्चले जारी गरेको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दिएको भ्याकेट निवेदन दोस्रोपटक पेसी चढेको छ।

न्यायाधीशद्धय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ। यसअघि आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो।

उक्त दिन पेसी २२ औं नम्बरमा मुद्दा तोकिएपछि सुनुवाई सर्‍यो। बुधबार ३० औ नम्बरमा पेसी रहेको छ।

अन्तिममा पेसी परेकाले आज पनि सुनुवाई हुने सम्भावना देखिँदैन। सर्वोच्च अदालतले कात्तिक १५ गते ललितपुर क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चले कार्की लाभको पदमा बसेको भनि व्याख्या गर्न नमिल्ने भन्दै उम्मेदवारी कायम गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077