Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आयोगले ललितपुर–३ की उम्मेदवार डा.तोसिमालाई भन्यो - घण्टी नबजाऊ, ध्वनि प्रदूषण हुन्छ

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा.तोसिमा कार्कीलाई घण्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ।

ललितपुर–३ की उम्मेदवार रहेकी कार्कीलाई घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न निर्देशन दिएको हो ।

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

आयोगले यसअघि कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले कार्कीको उम्मेदवारी कायम गरिदिएको थियो।

कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य पनि हुन्। उनी लाभको पदमा रहिरहेर उम्मेदवार बनेको भन्दै आयोगले उम्मेदवार हुन अयोग्य भनेको थियो।

आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेकी थिइन्। अन्तरिम आदेशमार्फत उनको उम्मेदवारी कायम भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077