Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचन आयोगले भन्यो - डा.तोसिमा कार्कीलाई प्रचारप्रसारमा रोक लगाईएको छैन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीलाई प्रचारप्रसारमा रोक नलगाएको स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीलाई प्रचारप्रसारमा रोक नलगाएको जानकारी गराएको हो ।

आयोगले आफ्नो फेसबुक पेजमा लेखेको छ , 'प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ।'

यसअघि बिभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा सदस्य उम्मेदवार कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले निर्देशन दिएको भन्दै समाचार प्रकाशित भएका थिए ।

कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी हो।

आयोगले यसअघि कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले कार्कीको उम्मेदवारी कायम गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077