Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राप्रपा, होलि वाइनले एमालेका लागि के योगदान गरेका छन् ?

    लेखराजलाई भीम रावलको प्रश्न – म वाहेक अरू कसैको उम्मेदवारी किन रोकिएन ?

    लेखराजलाई भीम रावलको प्रश्न – म वाहेक अरू कसैको उम्मेदवारी किन रोकिएन ?

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावल स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टमाथि खनिएका छन् ।

    एक टेलिभिजन कार्यक्रममा इन्चार्ज भट्टले नेता रावललाई केन्द्रिय समिति, सल्लाहकार सदस्य बन्न नमानेको र नेतृत्वसँग कुरा नगरेको अभिव्यक्ति दिएपछि नेता रावलले बुधबार सामाजिक सञ्जालमार्फत प्रश्न तथा टिप्पणी गरेका हुन् ।



    सर्वसम्मत एकल सिफारिश उम्मेदवार म वाहेक अरू कसैको उम्म्मेदवारी किन रोकिएन भन्दै इन्चार्ज भट्टलाई प्रश्न तेर्साएका छन् ।



    ‘सर्वसम्मत एकल सिफारिश उम्मेदवार म वाहेक अरू कसैको उम्म्मेदवारी किन रोकिएन ? एमाले विरोधी राप्रपाका समूह,जसपा,होलि वाइन र हृदयशलाई २४ स्थान दिनु के एमालेको घोषित सिद्धान्त र कम्युनिष्ट दर्शन अनुरूप हो ? यिनले एमालेका लागि के योगदान गरेका छन् ?’ भन्दै नेता रावलले प्रश्न गरे ।

    नेता रावलले भट्टलाई ९ बुँदामा विभिन्न प्रश्न तेर्स्याएका छन् । ९ बुँदामा विभिन्न प्रश्न तेर्स्याएका रावलले अन्त्यमा भनेका छन्, ‘हेक्का रहोस्, म जुन बेलादेखि कम्युनिस्ट पार्टीमा लागेँ, निरन्तर त्यसको रक्षा, विकास र एकताका लागि प्रयत्नशील रहेँ र अहिले पनि त्यसै गरिरहेको छु। सबैले आआफ्नो पृष्ठभूमि र कामको स्मरण गर्नु उपयुक्त हुन्छ।’

    एमालेका तल्ला कमिटीहरुले रावललाई अछाम १ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको थियो। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावललाई उम्मेदवार बनाउन अस्वीकार गरेका थिए ।

    यी हुन् ९ बुँदामा रावलले भट्टलाई तेर्स्याएका प्रश्न :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार