Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री थापाको निधनको शोकमा प्रदेश १ मा आज सार्वजनिक बिदा

मोरङ । प्रदेश १ सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव अर्जुन निरौलाले मन्त्री थापाको निधन भएको शोकमा सार्वजनिक बिदाका साथै राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको जनाएका छन्।

डेंगु संक्रमण भएका ५६ वर्षीय मन्त्री थापाको बुधबार नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि उनी मोरङ क्षेत्र नम्बर ३ प्रदेश सभा १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077